अनेरास्ववियुका केन्द्रिय संयोजक ऎन महरले सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेलाई राजनीतिक मैदानमा आएर देखाउन चुनौती दिएका छन् । आफ्नो सामाजिक संजाल फेसबुक मार्फत संयोजक महरले व्यङ्ग्य शैलीमा मैदानमा खेलाडीको रुपमा हार्दिक स्वागत छ मित्र भन्दै चुनौती दिएका हुन् ।
संचारकर्मी रबिलामिछानेले राजनीतिमा आउन सक्ने संकेत दिएपछि उक्त बिषयलाई स्वागत गर्दै राजनीति टेलिभिजनका दर्शकले समर्थन गरे जस्तो नभएको भन्दै राजनीतिक मैदानमा आएर सामना गर्न भनेका छन् ।
लामो समय बिद्यार्थी राजनीति गर्दै आएका महर पार्टी एकतापछी अनेरास्ववियुका केन्द्रिय संयोजक छन ।
के भनेका थिए रविले ?
मंगलबार बिहान चितवनको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार लामिछानेले राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै आफु राजनीतिमा आउने सम्भावनाको ढोकामा ताल्चा नलागेको बताएका थिए ।
टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका थिए।
हेर्नुहोस संयोजक ऎन महरको भनाइ जस्ताको त्यस्तै:
फुटबल रंगशाला को दर्शक दिर्घामा रहेर मेसि र रोनाल्डोको खेलको खुब आलोचना गर्न सकिन्छ । अझ त्यस्तै परे उनिहरु भन्दा आफुले राम्रो खेल्न सक्ने दम्भ देखाउन सकिन्छ र अरुलाई भ्रम पार्न पनि सकिन्छ तर मैदान मा पसे पछि हावा फुस्किन्छ।
हिम्मत छ भने मैदान छिरे हुन्छ फुटबल खेल के रहेछ बुझ्न र अनुभुती गर्न सकिन्छ। दर्शक दिर्घामा रहेर चिच्याउनु र खेल्नु कति फरक र गार्हो रहेछ नत्र दर्शकदिर्घामा रहेर चिच्याउदा अरु दर्शकले समर्थन गरे जस्तो मैदानमा छिरे पछि थाहा हुन्छ मित्र। मैदानमा खेलाडिको रुपमा हार्दिक स्वागत छ मित्र !
#सन्दर्भ रबि लामिछानेको राजनिति प्रबेश