महेन्द्रनगर, ९ भदौं
गौरा पर्वको अवसरमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधी नेपाली सेनाले जितेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझँगाउ ब्यारेकले सिंहपुर युवा क्लबलाई हराउँदै उपाधी जितेको हो ।
उपाधी जितेसंगै सेनाको टिमले नगद रु ४० हजार, ट्रफिसहित पुरस्कृत भएको छ ।
स्थानीय अलस्टार युवा क्लबले गौरा पर्वका अवसरमा आयोजना गरेको प्रतियोगितामा १७ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।
आइतबार साझँ अबेर सम्पन्न फाइनल खेलमा निर्धारित समयमा ३–३ गोलको बराबरी पछि भएको पेनाल्टी सुटआउट बाट नेपाली सेनाले उपाधी जितेको हो ।
सेनाले पेनाल्टी सुटआउट बाट ४ का विरुद्ध ५ गोलले पछि पार्दै उपाधी उचालेको थियो । उप विजेता सिंहपुर युवा क्लबले रु २५ हजार नगद सहित ट्रफि प्रमाण पत्रहित पुरस्कृत गरिएको छ ।
बिजयी टिमलाई बेलडाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।