बाजुरा, ७ भदौ – बाजुरामा सुत्केरी महिलाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षिया श्रीमती बसन्ती नेपालीको मृत्यु भएको हो । शनिबार विहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि थिइन् ।
घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा सुत्केरी गराउन लगेका थिए । अस्पताल पुगेलगत्तै डाक्टरले प्रसूति कक्षमा लगेर वसन्तीको उपचार गरिरहेका थिए । सुत्केरी महिलाको शरीरबाट अत्यधिक मात्रामा रगत बगेको डाक्टर दुर्गाराज महर्जनले बताए ।
गत २६ साउनमा अस्पतालमा डाक्टरले उनको अवस्थाबारे बुझेपछि २ भदौमा सुत्केरी गराउनका ल्याउनुपर्ने सल्लाह दिए पनि आफन्तले उनलाई ६ भदौमा अस्पताल पु¥याएको उनले बताए । उता आफन्तले भने डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।