तेज बोहरा
मानवतावादी राजा जयपृथ्वीबहादुर सिहंको १४२ औं जन्मजयन्तीको अवसरमा शनिबार धनगढीमा रक्तदान कार्यक्रम भएको छ ।
सुर्मादेवि बझाङ्गी समाज धनगढीको आयोजनामा रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको थियो । प्रत्यक बर्ष भदौ ७ जयपृथ्वीबहादुर सिहंको जन्मजयन्तीको अवसरपारि समाजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको थियो ।
शान्ति, एकता र सहयोगात्मक भावना मानवतावादी दर्शनको मूल मन्त्र लिएर विश्वभर मानवताको सन्देश दिदै यसीयाका दोस्रो गौतम बुद्धको रुपमा चिनिने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिहंको जन्म १९३४ साल भदौ ७ गते भएको थियो ।
जयपृथ्वीबहादुर सिहंको जन्मजयन्तीको अवसरपारि सुर्मादेवि बझाङ्गी समाजले २०६७ सालदेखी निरन्तर धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष दिलबहादुर खातीले बताए । एकले अर्कोलाई दुःख दिनु हुदैन्, सकेको सहयोग गर्नुपर्छ भन्ने मानबतावादी राजाको मुलभुत सिदान्तलाई आत्मासाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाई छ ।
समाजका महासचिव दिर्घ जोशीले विश्वमा शान्तीको सन्देश छर्ने मानवतावादी राजा जयपृथ्वीबहादुर सिहंलाई राज्यले सम्झन नसकेको गुनासो गरे । उनले भने आफ्नो राजकाज सत्तालाई त्यागेर गरिब, निमुखा जनताको हितमा कामगरि विश्वसामु चिनिएका बझाङ्गी राजा जयपृथ्वीबहादुर सिहंलाई भौगोलीक विकटता र क्षेत्रियताले गर्दा राज्यले अपहेलना गरेको जोशीले बताए ।
सुर्मादेवि बझाङ्गी समाज धनगढीका कोषाध्यक्ष हृदय पुजाराले दोस्रो विश्वयुद्ध पछि विश्वमा शान्ती र मानवता ल्याउन राजा जयपृथ्वीबहादुर सिहंको महत्वपुर्ण भुमीका रहेको बताए संगै विश्वमा दोस्रो गौतम बुद्धमा नामले चिनिएका राजा जयपृथ्वीबहादुर सिहंलाई नेपाल सरकारले नचिनेको दुखेसो गरे । उनले कैलालीको गेटामा बन्दै गरेको मेडीकल कलेजको नाम जयपृथ्वीबहादुर सिहंको नामबाट नामाकरण हुनुपर्ने धारणा राखे ।
त्यस्तै रक्तदान कार्यक्रममै सहभागी नेकपा बझाङ्ग जिल्ला कमिटी अध्यक्ष मिन बहादुर कुवँरले मानिसले मानिसलाई राम्रो व्यवहार गर्ने, मानवीय व्यवहार गर्ने तथा मानिसको आदर्श, प्रतिष्ठा र प्रकृतिमा विश्वास गर्ने मानवतावादी दर्शनलाई आत्मासाथ गर्दै विश्वसामु चिनिएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको विश्व शान्तीमा ठुलो योगदान रहेको बताए । उनले राज्यले मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको योगदान, विचार र सिदान्तलाई उचित सम्मान गर्न नसकेको समेत गुनासो गरे । गेटामा बन्दै गरेको गेटा मेडीकल कलेजलाई मानवतावादी राजा जयपृथ्वीबहादुर सिहंको नामबाट नामाकरण गर्न लागीपरेको समेत उनले दाबी गरे ।
“मेरो जात मानव हो, मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त मानवतावाद हो । मेरो न कुनै अन्य जात छ न कुनै धर्म छ । तपाईँहरू पनि मानवतावादी आन्दोलनमा आउनुहोस् र आफ्नो चिन्तनशक्तिको सदुपयोग गर्नुहोस्” यो सन्देश लिएर विश्व भ्रमण गर्ने एसियाकै पहिला व्यक्ति हुन् मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह ।
मानिसले मानिसलाई राम्रो व्यवहार गर्ने, मानवीय व्यवहार गर्ने तथा मानिसको आदर्श, प्रतिष्ठा र प्रकृतिमा विश्वास गर्ने दर्शनलाई मानवतावादी दर्शन भनिन्छ । मानव जीवनमा आघात र्पुयाउनु, असुविधा र्पुयाउनु वा जीवनलाई दुस्खमय बनाइदिनु नै मानवकष्ट हो । मानवतावाद भनेको यी सबै कष्टको निराकरण गरी सुखसुविधा साथ जीवन संरक्षण गर्ने उपाय हो । आफ्नो धर्म, राष्ट्र, सिद्धान्त, जातभन्दा माथि रहेर गर्ने व्यवहार नै मानवतावाद हो । शान्ति, एकता र सहयोगात्मक भावना मानवतावादी दर्शनका मूल मन्त्र हुन् ।
एउटा सानो बाइसे राज्य बझाङमा जन्मिएका जयपृथ्वी बहादुर सिंह मानवतावादी दर्शनका प्रणेता हुन् । उनले सन् १९२८ मा बैङ्ग्लोरमा मानवतावादी क्लब स्थापना गरेर विश्वभर नै मानवतावादी अभियान सञ्चालन गरेका थिए ।
जयपृथ्वीले संसारका सबै मानिस एउटै परिवारका सदस्यका रूपमा र सबै देशले सहअस्तित्वको माध्यमद्वारा विश्वब्रम्हाण्डको छहारीमुनि रहन सकेमा मात्र स्थायी विश्वशान्ति सम्भव छ भन्ने बुझाउन एवं युद्धरत मुलुकका पीडित पक्षलाई उद्धार र पीडक पक्षलाई मानवता सम्झाउन विश्वशान्ति सञ्जाल खडा गरी विश्वव्यापीरूपमा शान्ति र मानवतावादी सङ्गठन खोलेका थिए ।
जयपृथ्वीले रोक्न खोजेको मुलुक मुलुकबीचको युद्ध एवं मुलुकहरूभित्रका भिडन्तमात्र नभई मानवले मानवलाई गर्ने शोषण र उत्पीडन जस्ता दुष्प्रवृत्ति पनि हुन् । नेपाली परिवेशमा जयपृथ्वी महामानव थिए । राष्ट्रवादी जयपृथ्वी ६४ वर्षमा हिंडिरहेका बेला १९९७ साल असोज १ गते भारतको व्याङलोरमा स्वर्गीय भएका थिए ।