धनगढी १ भाद्र- धनगढी उप–महानगरपालिकाले हुलाकी राजमार्ग अन्तरगत कैलारी गाउपालीका र धनगढी उपमहानगरपालीकाको सिमाना घुराहा पुलमा राखेको स्वागत बोर्ड भत्केको महिनौ बितिसक्दा पनि कुनै चासो दिएको देखिएको छैन ।
कैलारी गाउँपालिकाबाट आउँदा धनगढी र कैलारीको सिमानामा वडा नम्बर १९ स्थित घुराह पुल नजिक स्वागत वोर्ड लगाईएको छ । तर, बोर्ड ढलेको महिनौ बितिसक्दा पनि वडा १९को कार्यालयले कुनै चासो समेत दिएको छैन ।
स्वागत वोर्डको अवस्था हेर्दा सो बाटो भएर हिड्ने यात्रुहरु लापरवाहीको पराकाष्ट भएको बताउदै आएका छन् । वडा नम्बर १९ वडा सचिव गणेश बस्नेतले भने चाडै उपमहानगरपालिकालाई जानकारी गराई मर्मत गर्ने बताए ।