धनगढी,३० साउन ।बैज्ञानिक वन ब्यबस्थापनको बिरोध गर्दै वन संरक्षरण संघर्ष समिति फुलवारीले बिभिन्न मन्त्रालय तथा सम्बन्धित कार्यलयमा बुधबार ज्ञापन पत्र बुझएको छ ।संघर्ष समितिले क्यम्पस चोकबाट र्याली सहित ज्ञापन पत्र बुझाएको हो ।
समितिले सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट , उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट , डिभिजनल वन कार्यलय , जिल्ला प्रशाशन कार्यलय कैलाली मार्फत नेपाल सरकार लगायतलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिका संयोजक ओमप्रसाद शर्माले जानकारी दिए । बैज्ञानिक वन ब्यबस्थापनले वनमाफिया र तस्करलाई फाईदा पुग्ने भन्दै बैज्ञानिक वनको बिरोध स्वरुप ज्ञापन पत्र बुझाईको शर्माको भनाई छ ।