धनगढी, २९साउन । लाईन्स क्लव अफ धनगढी गोल्डेनले लगाउन छोडेर थन्क्याएका १५ सय जोडी भन्दा बढी कपडा संकलन गरी बुधवार रोयल कोल्याब्रेटिक्सलाई हस्तान्तरण गरेको छ ।
रोयल कोल्याब्रेटिक्सले लगाउन छोडेर थन्क्याएका कपडाहरु संकलन गरेर गरिब, दिन दुःखीहरूलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैंक संचालनमा ल्याएको छ । संकलन गरेका कपडाहरु धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्ट, लाईन्स क्लव अफ धनगढी गोल्डेनका अध्यक्ष रुपेश स्वारले रोयल कोल्याब्रेटिक्सका अध्यक्ष गजेन्द्र शाहीलाई हस्तान्तरण गरेका हुन ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले रोयल कोल्याब्रेटिक्सले थालेको पवित्र अभियानमा उप–महानगरको सहयोग हुने बताईन । प्रयोग गर्न छोडेर थन्क्याएका लुगाकपडा गरिव र बिपदमा परेकाहरुलाई दिएमा उनिहरुलाई राहत पुग्न सक्छ उप–प्रमुख भट्टले भनिन् ,कपडा दिदा धोएर, पखालेर चिटिक्क पारेर दिदा त्यसले राम्रो सन्देश प्रवाह हुन्छ ।
लाईन्स क्लव अफ धनगढी गोल्डेनका अध्यक्ष रुपेश स्वारले आफुहरुले मानवियताका क्षेत्रमा सहयोग गर्ने बताए । यो तीन दिनमै संकलन गरेको कपडा हो स्वाँरले भने, नगरबासीलाई फेरी पनि आफुले प्रयोग गर्न छोडेका लुगा, कपडा, किताव, खेलौना सहयोग गर्न आग्रह गर्दछु । रोयल कोल्याब्रेटिक्सल धनगढीका अध्यक्ष गरेन्द्र शाहीले लुगा संकलन गरेर सहयोग गर्ने लाईन्स क्लव अफ धनगढी गोल्डेनका अध्यक्ष लगायत वहाँको टिमलाई धन्यवाद दिए ।
साउन १२ गते देखि धनगढीका गजेन्द्र शाही, सूर्य विक्रम भट्ट, देवेन्द्र जोशी लगायतका युवाहरूले सञ्चालन गरेको रोयल कोल्याब्रेटिक्स प्रालिमार्फत कपडा बैंक सञ्चालनमा ल्याइएको थियो । धनगढी उप–महानगरपालिकाको सौजन्यमा रोयल कोल्याब्रेटिक्स प्रालिले नगरका २० वटा स्थानमा लुगा संकलन बक्स राखिएको छ ।