धनगढी,२९ फुलवारी। कैलालीको धनगढी उपमहानगरपालिका –१८ फुलवारी स्थित बन्दै गरेको फुलवारी बहुमुखी क्याम्पसको निर्माण हुदै गरेको नयाँ भवनमा अनिमियता भएको आरोप लागेको छ । फुलवारीका स्थानियहरुले फेसबुक स्टाटस लेख्दै क्याम्पसमा बन्दै गरेको नयाँ भवनको लेन्टर ढलान कार्य मापदण्ड बिपरीत निर्माण कार्य गरि अनियमियता भएको आरोप लागाएका हुन् ।
क्याम्पसको नयाँ बन्दै गरेको भवनमा चार गिट्टी , चार बालुवा र एक बोरा सिमेन्टको प्रयोग गरि नियम बिपरित कार्य गरेको पूmलवारीका स्थानिय कठायत डम्बरले फेसबुक स्टाटस मार्फत आरोप लगाएका छन् ।
यस्तै फुलवारीका स्थानिय डिल्लीराम रिजालले पनि एक फेसबुक स्टाटस लेख्दै भनेका छन् “ क्याम्पस भवनको लेन्टर ढलानको कार्य इन्जिनियरको निर्देशन र निर्गानी बिना कसरी भयो , फेरी क्याम्पसमा बिबाद देखियो ।”
यस सम्बन्धमा धनगढी उपमहानगरपालिका वडा नम्बर –१८का वडा अध्यक्ष मुरारी अधिकारीलाई सम्पर्क गर्दा सो भवनको जग निर्माणका क्रममा पनि मापदण्ड बिपरित कार्य भएका कारण आफुले भत्काएको बताउदै लेन्टर ढलानका बिषयमा समेत सामाजिक संजाल मार्फत बिरोध भएको जानकारी पाएकोले निर्माण कार्यमा अनियमियता भए कारवाही अगाडी बढाउने बताए । यस्तै स्थानिय लक्ष्मी देबकोटाले पनि क्यम्पसमा अनियमियता भएको भन्दै स्थानिय युवाहरुले आफुलाई जानकारी दिएको बताएका छन् ।
यता क्याम्पस प्रमुख यम बहादुर पौडेलले भने भवन निर्माणमा कुनै अनियमियता नभएको र क्याम्पसमा आएर बुझ्न पूmलवारी खबरलाइ प्रतिक्रिया दिए । तपाई फेसबुकमा आएको स्टाटसलाई आधार बनाएर समाचार लेखे लेख्नुस् मेरो भन्नु केही छैन भन्दै पौडेलले भनेका छन् ।