१३ श्रावण, २०७६ भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी भएकाे बोर्डले जनाएको छ । याे वर्ष देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा भएको थियो । बोर्डले आज बोलाएको बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । बोर्डले सबै संकायको परीक्षाफल आज एकैपटक सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि विज्ञान र अन्य संकायको फरक–फरक समयमा नतिजा सार्वजनिक हुने भए पनि यसपल्ट भने एकैपल्ट सार्वजनिक गर्न लागिएको छ । कक्षा १२ काे परीक्षा गत वैशाखमा भएको हो ।
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आइिभआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ । यसैगरी, नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आइभिआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
साथै तल Embed गरिएको नेपाल टेलिकमको रिजल्ट पोर्टलमा आफ्नो विबरण राखेर पनि हेर्न सक्नुहुन्छ ।