धनगढी १८ चैत
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा आज मौसममा बदली हुने सम्भावना रहेको छ। मौसमविद मिनकुमार अर्यालका अनुसार पहाडी भेगमा केही ठाउँमा मेघ गर्जन सहित बर्षा हुने सम्भावना रहेको छ। यस्तै तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा हावाहुरी चल्ने पनि सम्भावना रहेको छ।
हावाहुरी आउँदैछ भनेर पूर्वानुमान गर्न समस्या हुने गरेको उनको भनाई छ। अहिलेको मौसममा जतिबेला पनि हावाहुरी चल्न सक्ने भएकाले सजग हुनु पर्ने उनले बताएका छन्। आज धनगढीको अधित्तम तापक्रम ३८ दशमल ३ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। यस्तै डडेल्धुराको २४ दशमलव २ डिग्री सेल्सियस अधिक्तम र १३ दशमलव २ डिग्री न्यूनतम, दिपायलको ३५ दशमलव ५ डिग्री सेल्सियस अधिक्तम र १० दशमलव ८ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ।
आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चलेको थियो। तर मौसमविदले यति ठूलो हावाहुरी चल्छ भनेर पूर्वानुमान गरेका थिएनन्।