उपमेयर भट्ट राष्ट्रिय विकास परिषदमा मनोनित

धनगढी,१५ चैत ।धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट राष्ट्रिय विकास परिषदमा मनोनित भएकी छिन्। नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार मिश्रलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको हो।
राष्ट्रिय योजना आयोग (गठन तथा कार्य संचालन) आदेश, २०७४ को दफा ७ को उपदफा २ बमोजिम मिश्रलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको हो।
परिषदमा २५ जना मनोनीत भएकोमा सुदूरपश्चिम प्रदेशबाट मिश्र सहित २ जना मात्रै परेका छन्। बैतडीको पुर्चाैडी नगरपालिकाका मेयर रणवहादुर कँुवरलाई पनि मनोनित गरिएको छ।