तेज बोहरा/ कैलाली २४ फागुन/शुक्रबार दिउँसो अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्ल थापालाई नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले कथित सासंदले सम्बोधन गरेको छ ।
बझाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित मल्ल आज दिउँसो विप्लप समुहले अपहरण गरेको भन्दै मिडिया आएको समाचारलाई खण्ड्न गर्दै विप्लप समुहले विज्ञप्ती निकालेको हो ।
विज्ञप्तीमा उल्लेख छ ।
बझाङ जिल्लाबाट कथित निर्वाचित प्रदेश सभा सदस्य देवकीबारे हाम्रो पार्टीलाई जोडेर विभिन्न मिडीयामा आएका समचार प्रति नेपाल कम्युनिष्ट पार्टी सेती ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल कम्युनिष्ट पार्टी द्धारा अपहरण गरीएको भनिएको उक्त घट्नामा हाम्रो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । क. सिकन्दर ईन्चार्ज