कैलाली १६ फागुन/ नेपाल भारत सीमा सर्वेका क्रममा करिव ४५ बिगाह सामूदायिक वनको भू–भाग भारतमा गाबिने भएको छ ।
कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १४ मा रहेको गौरीशंकर सममूदायिक वन र १८ मा रहेको कृष्ण सामूदायिक वनको झण्डै ४५ बिगाह भू–भाग भारतमा गाबिने भए पछि स्थानियहरुले बिरोध गरेका छन् ।
कैलालीको पिल्लर नम्बर ७०० देखि कंचनपुरको ८१३ सम्मको सिमा सर्वेका क्रममा सो क्षेत्र भारतमा गाबिने भएको हो ।
सिमा सर्बेका क्रममा रेखाकंन गर्ने क्रममा दुवै सामूदायिक वनको बिच भागमा ७४२ नम्बरको पिल्लर राख्नु पर्ने देखिए पछि सो भूभाग भारत तर्फ गाबिने भएको स्थानियले बताएका छन् ।
बिगत २०५२ साल देखि नै नेपाली भू भाग हो भनेर नै स्थानियले नदीको बगरमा बृक्षरोपण गरी सामूदायिक वन बनाएका थिए । सो वन नेपाल सरकारले नै बनको कार्ययोजना समेत हस्तान्तरण गरेका छ । तर एकाएक सो भूभाग भारतमा जाने भए पछि स्थानिय आक्रोसित भएका छन् ।
पिल्लर नेपालीभूमी मै गाडिदा आफूहरुको झाण्डै ३० बिगाह बन क्षेत्र भारतमा मिसिने खतरा बढेकोले सो जमिनको एक ईन्च पनि नछोडिने कृष्ण सामूदायिक बन उपभोक्ता समितिका सचिव सुरज परियारले बताए ।
यस्तै गौरीशंकर समूदायिक वनको बिच भागमा ७४२ नम्बर पील्लर गाड्दा आफुहरुले २०५२ साल देखि नै बृक्षारोपण गरेर हुर्काएको वन १५ बिगाह भन्दा बढी जमीन भारतमा गाबिने खतरा बढेको बनका अध्यक्ष प्रेम काफ्लेले बताए ।
सो क्षेत्रमा पिल्लर गायब हुँदा समस्या सिर्जना भएको डिभिजन बन कार्यलय धनगढीका डिभिजिन वन अधिकृत अमर बुलनले बताए ।
बिगत ४० वर्षको स्मरण गर्दै हल रेखाकिंत क्षेत्र नेपालको रहेको र सो क्षेत्रका बिषयमा पुर्नबिचर गर्नु पर्ने सो क्षेत्रको बिषयका जानकार तथा साबिकको पूmलवारी गाउँबिकास समितिका अध्यक्ष दिनेश चन्द्र सुवेदीको भनाई छ ।
सीमा क्षेत्रमा बिगत १ वर्ष देखि बिबाद भए पनि बिबाद सामाधान गर्ने पहल भईरहेको शशस्त्र प्रहरीका एसपी बिष्ण्ुा प्रसाद भट्टले बताए ।
सो क्षेत्रमा जिपीस प्राणलीले नक्साकंन गरीएकोले सो क्षेत्रमा पील्लर गाडिनु ठिक नभएको नेपाल भारतका अधिकारीले बताएका छन् ।