धनगढी २ माघ
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रशाद विडारीले सूचना माग गरेको बिषयमा बुझ्न गएका पत्रकार माथि दुव्यहार गरेका छन् । १७ दिन अघि सूचना माग गर्दै कार्यालयमा दिएको निवेदन माथि के कारवाही भयो भनेर बुझ्न गएका दुई जना पत्रकारमाथि विडारीले कार्यकक्षमै दुर्ववहार गरेका छन् । अन्तरवार्ता लिदै गर्दा माउन्टेन टेलीभिजनका कैलाली संवाददाता पदमराज भट्ट र दिनेश खवरकर्मी जनक विष्ट माथि हातपात र दुव्र्यवहार गरेका हुन् ।
दिनेश खवरले पौष १५ गते सुचनाको हक अन्तरगत मन्त्रिपरिषद्का बैठकका निर्णय, सवारी साधन खरिदमा भएको खर्च, तलव भक्ता वापतको खर्च, अनुमगन लगायतका शिर्षकमा भएको खर्च विवरण माग गरेको थियो । १५ गते नै उक्त निवेदन दर्ता भएको थियो । तर १५ दिन पुगिसक्दा समेत सुचना नपाएको भन्दै प्रमुख सचिव विडारीको प्रतिक्रिया लिने क्रममा विडारीले अन्तरवार्ता लिईरहेकै समयमा आप्mनो क्यामेरा खोसेको बिष्टले बताए । विडारीले विष्टसंगै रहेका अर्का पत्रकार भट्टलाई समेत अंगरक्षकलाई बोलाएर बल प्रयोग गर्दै कार्यकक्षबाट बाहिर पठाएका थिए ।
घट्नाको नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन कैलाली शाखाले भत्र्सना गरेको छ । महासंघका सचिव मिन ठकुरी र प्रेस युनियनका अध्यक्ष श्रवण देउवाद्वारा जारी विज्ञप्तीमा उक्त घटना प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता हनन्को निरन्तरता भएको उल्लेख छ । विज्ञप्तिमा दुव्र्यवहारमा संग्लन विडारीलाई कारवाहीको माग समेत गरेको छ ।