नेभ्ला स्थापना दिवसमा बझाङ्गमा स्कुल शिक्षा कार्यक्रम

तेज बोहरा/ मंसीर ११ कैलाली/ दिगो विकास एवम समृद्घ नेपाल निमार्णमा पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिहरुको सक्रियता आजको अपरिहार्यता, भन्ने मुल नाराका साथ नेभ्लाको २९ औं स्थापना दिवसको अवसरमा सप्ताहा व्यापि कार्यक्रम बझाङमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल पारा भेटनरी एण्ड लाईभष्टोक एसोसिएसन स्थापना दिवसकै अवसरमा नेभ्ला जिल्ला कमिटि बझाङले पनि जिल्लाका विभिन्न स्थानमा निशुल्क स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्लाकै निकै विकटमानिने बुङल नगरपालिका १ मा पर्ने भगवति माध्यामिक विद्यालयमा कक्ष ६ देखी १० सम्मका विद्यार्थिहरुलाई निशुल्क स्कुल शिक्षा कक्षा सञ्चालन गरेको नेभ्ला बझाङ जिल्ला अध्यक्ष लोकेन्द्र बिष्टले बताए ।
सप्ताहा व्यापि रुपमा सञ्चालन भएको कार्यक्रम बुङ्गल नगरपालिकाको वडा नम्बर १ मा पर्ने भगवति माध्यामिक विद्यालयमा मंसीर ७ गते सञ्चालन भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थि गरी सयौ संख्यामा उपस्थिती रहेको अध्यक्ष बिष्टले जानकारी दिए ।