गौरीगंगामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुदै

मंसीर, ८ कैलाली/ नेपाल पारा भेटनरी एण्ड लाईभष्टोक एसोसिएसन जिल्ला कार्य समिति कैलालीको २९ औं स्थापना दिवसको अवसरमा मंसिर १० गते एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
नेभ्ला जिल्ला कार्य समिति कैलालीले आयोजना गर्ने उक्त एक दिने निशुल्क पशु स्वास्थ्य शिविरमा रेबिज खोप, खोरेत खोप तथा पशु बन्ध्याकरण सेवा प्रदान गरिने नेभ्ला कैलाली जिल्ला अध्यक्ष दिपक चौधरीले जानकारी दिए ।
शिविर कैलाली जिल्लाकै निकै विकट तथा दुर्गाम मानिने गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ मा सञ्चालन हुने भएको छ । विकासको दृष्टिकोणले एकदमै पछाडि पारीएको वडामा नेभ्ला कैलालीको आयोजनामा पहिलो पटक पशु स्वास्थ्य शिविरको सञ्चालन हुने भएको हो ।
उक्त एक दिने शिविरले झण्डै ५५० घरधुरीका ४ हजार पशुलाई सेवा दिईने लक्ष्य रहेको अध्यक्ष चौधरीले बताए । पशु पालननै प्रमुख पेशा रहेको उक्त गाउँका स्थानिय बासिन्दाहरुको जिविकोपार्जनको माध्यमनै पशुपालन रहेको छ ।