धनगढी,१२असोज । ७ नम्बर प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ तेघरी र नाम सुदूरपश्चिम राख्ने संसदीय समितीको प्रस्ताव बहुमतले पारित भएको छ। शुक्रवार बसेको प्रदेश सभा बैठकमा प्रदेश नम्वर ७ को राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ तेघरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव बहुमतले पारित भएको हो।
उक्त प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरिएपछि ३८ जना प्रदेश सभा सदस्यहरुले पक्षमा मत दिएका थिए। प्रतिपक्ष दल कांग्रेस र राजपाले भने मतदानमा भाग लिएनन्।यता नाम र राजधानिका बिषयलाई लिएर धनगढीमा प्रदेस सभा भवन अगाडी दिनभर बिरोध प्रर्दशन भएको थियो ।