तेज बोहरा/ धनगढी ११, असोज/ प्रदेश सातको राजधानी धनगढीबाट गोदावरी नगरपालिका–४ मा सारिएपछि धनगढीमा विरोध प्रदर्शन भए पनि गोदावरी नगरपालिकामा भने खुशीयाली छाएको छ । स्थानिय नगरबासीले प्रस्ताबको पक्षमा खुलेर समर्थन गरेका छन् प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठिन भएको विशेष समितिको प्रतिवेदन मंगलवार प्रदेशसभा बैठकमा पेश गरिएको थियो । प्रतिवेदनमा प्रदेशको नाम ‘सुदूरपश्चिम’ र प्रदेश राजधानी कैलाली जिल्लाकै गोदावरी नगरपालिका तोक्न सिफारिस गरेको थियो ।
यस्तै गोदावरी नगरपालिकाले प्रदेश सरकारले गरेको उक्त निर्णयको स्वागतमा आज बिहिबार अत्तरिया चोकमा स्वागत कार्यक्रमको आयोजना गरेकोे छ । बिहान अत्तरिया चोकमा स्थानिय राजनितिक दलका प्रतिनिधि ,जनप्रतिनिधी र अन्य आम अत्तरिया बासीको सहभागितामा एक बिषेश कार्यक्रमको आयोजना गरीएको छ ।
गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउंदले कार्यक्रममा प्रदेश सभाले गरेको उक्त निर्णय स्वागत योग्य रहेको भन्दै कुनै राजनितिक दल, स्थानिय तह र जनप्रतिनिधिले विरोध नगर्न आग्रह गरे ।
राजधानीको बिषयमा अत्तरिया र धनगढीका राजनितिक दलहरु बिभाजित भएका छन् । धनगढी र गोदावरी ( राजधानी सिफारिस गरिएको ठाउँ )सम्मको दुरी जम्मा १७ किलोमिटर मात्रै रहेको छ । भने धनगडीमा आज पुरै बजार बन्द गरी बिरोध भैरहेको छ भने, प्रदेश सभाले प्रदेशको राजधानि र नामाकरण भोलि १२ गते शुक्रबार बहुमतिय पक्रया बाट पारीत गर्ने छ ।