काठमाण्डौ,९ असोज । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको बसपार्कमा घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो ।
पश्चिम नेपाल यातायात व्यवसायी सङ्घले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा, गुल्मी, अर्घाखाँची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट पाउन सकेका छैनन् ।