असोज ०९ धनगढी / गए राती भएको वर्षाले धनगढी उपमहानगरपलिका डुवानमा परेको छ । बर्षदका कारण धनगढी उप–महानगरपालिका अधिकासं क्षेत्र डुवानमा परेको हो । वर्षासँगै पानीको निकास हुन नसक्दा वडा नम्वर १, २, ३, ४, ५ का धेरै टोलमा २÷३ फिटसम्म पानी जमेको छ। वडा नम्वर १ को बजार क्षेत्रको मुख्य सडक पनि जलमग्न भएको छ। वडा नम्वर ३ विशालनगर टोलमा पनि धेरै क्षेत्र जलमग्न भएको स्थानीय वासीन्दाले बताए।
पानीको उचित निकासको व्यवस्था नहुँदा वर्षायाममा उप–महानगरका अधिकांश वडा डुबानमा पर्ने गरेका छन्। नगर क्षेत्रमा रहेका खोलानालाहरु पनि अतिक्रमणको चपेटामा परेकाले पानीको निकासमा समस्या देखिएको हो।
उप–महानगरपालिकाले पटक–पटक खोलानालामाथिको अतिक्रमण हटाउने दावी गरेपनि अहिले सम्म अतिक्रमण हटाउने प्रक्रिया समेत अगाडी बढाउन सकेको छैन्।