किशोर तामाङ /कञ्चनपुर पुनर्वास ०८ असोज ।कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिकामा भएको नगरस्तरीय मैत्रिपूर्ण भेट्रान फुटबल प्रतियोगिताको फाईनल खेल आज एक कार्यक्रमका बिच समपन्न भएको छ ।
अरनिको खेलकुद विकास समिति भेट्रान खेल सञ्चालन समितिका संयोजक मान बहादुर तामाङको सभापतित्वमा सञ्चालन गरिएको समापन समारोहमा प्रमूख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवन राज थापा रहेका थिए।यसैगरी बिशिष्ट अतिथ्यको आसनमा कञ्चनपुर फुटबल संघका उपाध्यक्ष जीतबहादुर तामाङ , कार्यबाहक अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ,पुर्व जिल्ला फुटबल संघका अध्यक्ष भिम थापा रहेका थिए ।
आजको समापन समारोहमा आकर्षणको रुपमा रहेको फईनल खेल आयोजक अरनिको भेट्रान भरसेस निर्माण व्यवसायी सघ कैलाली बिच प्रतिस्पर्धा भएको थियो । प्रमुख अतिथि नगर प्रमुख जीवनराज थापा ज्यूले सम्पुर्ण खेलाडीहरुलाई भेट गरी मैत्रीपूर्ण खेलको शुभकामना दिदै फुटबल हस्तनतरण गरी खेलको शुरुवात गराईएको थियो । यस नगरस्तरीय भेट्रानको उपाधि निर्माण व्यवसायी संघ कैलालीले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा निर्माण व्यवसायी संघले अरनिको भेट्रानलाई ३–१ गोलको अन्तरले विजयी भएको हो । निर्माण व्यवसायी संघबाट विनोद विष्टले दुई र ललित चन्दले एक गोल गरेका थिए भने अरनिको भेट्रानका तर्फबाट मानबहादुर तामाङले एक गोल गरेका थिए । प्रतियोगिता पुनर्वास नगरपालिका–२ स्थित अरनिको निमाविको मैदानमा भएको थियो ।
अरनिको खेलकुद बिकास समितिद्वारा ‘सबैका लागि खेल स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले नगद ५० हजार साथै कप र उपविजेताले ३० हजार रुपैया साथमा कप “ प्राप्त गरेका छन् । सो पुरस्कार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवन राज थापाले वितरण गरेका थिए ।