तेज बोहरा/ कैलाली/ बझाङ जिल्लाको प्रवेश द्घार बित्थडचिर गाउँपालिका वडा नम्बर १ खुल्लमौर गाउँमा रहेको केदार मन्दीर पर्यटकीय दृष्टीकोणले निकै प्रचुर सम्भावना बोकेको भए पनि प्रचारप्रसार र संरक्षण अभाबमा यस मन्दीरमा रहेका पौराणीक र ऐतिहासीक महत्तो झल्काउने सम्पदाहरु लोप हुदै गईरहेका छन् ।
यस मन्दीरमा आश्विन शुक्ल पक्षको अष्टमीका दिन केदार बाबाको पुजा गर्ने गरीन्छ । भने दोस्रो दिन न्वादेउ, निमुन देवताको पुजा गरेर मेला सम्पन्न हुन्छ । यस बर्ष भने आश्विन १ गतेका दिन लाग्ने तिथि परेको छ । मेलामा बझाङ, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, डोटी र दार्चुला जिल्ला बाट भक्तजनको घुईचो लाग्ने गर्दछ ।
यस मन्दीरका प्रमुख बिशेषता मन्दीर जानु भन्दा एक दुई हप्ता पहिलेनै माछा मासु लगाएतका , लसुन, प्याँज खानु हुदैन । मन्दीरको १ किलोमिरटर टाढाने जुत्ता चप्पल फुकालेर जानु पर्ने हुन्छ । पुर्खाहरको भनाई अनूसार केही बर्ष अगाडी मात्रै एक जना पुजारीले उक्त नियम तोडेर मन्दीर प्रवेश गर्दा तेतै हराएर हातको बुढी औला मात्र पाईएको भन्ने किम्बदन्ती रहेको पाइृन्छ । गाउँघर तिर स्वच्छ मनले सफा शुद्द मन लिएर गयो भने आफुले मागेको कुरा पुरा हुने र कतिपयका पुरा भएका भन्ने विश्वास रही आएको छ ।