किशोर तामाङ
पुनर्वास, २३भदौं । पुनर्वास नगरपालिकामा सञ्चालित नगरस्तरीय भेट्रान खेल आज पनि समपन्न भएको छ ।
अरनिको खेलकूद बिकास समिति द्वारा ूसबैका लागि खेल स्वस्थका लागि खेलकुद ू भन्ने मुल नाराका साथ हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो ।
कञ्चनपुर र कैलालीका जम्मा १४ पुरुष टिमको सहभागीता रहेको उक्त खेलको पहिलो चरणको खेलहरु दर्शक सामु अतिनै प्रतिस्पर्धात्मक र रोचक रहँदै आएको छ । आज पनि खेल निकैनै प्रतिस्पर्धात्मक ढगबाट समपन्न भएको छ । एक पछि अर्को खेल दर्शक सामु निकैनै आकर्षित र लोकप्रिय बन्दै गए पछि आयोजकले खेललाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सकिने कुरामा आशाबादी रहेका छन ।
समुह –क मा ७ टीम र समुह –ख मा ७ टिम गरी खेलाइएको उक्त खेलमा आज पहिलो चरणको अन्तिम खेल समपन्न भएको छ ।
यस्तै आज भएको खेलमा
निर्माण ब्यवसायी सङघ धनगढीका लागि खेल शुरु भएको दोस्रो मिनेटमा ललित चन्दले पहिलो गोल गरे भने खेल को ५ औ मिनेटमा धनगढीकै लागि बिनोद बिष्टले गोल गरेका थिए । सिद्धार्थ भेट्रान का लागि मनिराम खातीले १गोल फर्काउन सफल भएको थियो । मधयनतर पछि निर्माण वयवसयीका लागि प्रकास क्याप्छाकीले तेस्रो गोल गरेका थिए । खेल निकैनै प्रतिष्पर्धात्मक रहे पनि मध्यनतर पश्चात सिदर्थले कुनै पनि गोल गर्न सकेन ।आज भएको खेलमा १(३ को अग्रता लिदै निर्माण वयवसयी सङंघ धनगढी दोस्रो चरणको खेलमा पुग्न सफल भएको छ ।
पुनर्वास नगरपालिका २ स्थित अरनिको निमाविको आफनै घरेलु मैदानमा सञ्चालन भई रहेको उक्त खेल असोज १ गते सम्म चल्नेछ । सो खेलको पहिलो चरणको खेलबाट युनाईटेड आई बी आर डी बजार,बिरेन्द्र बल भद्र बस्ती ,रोयल ७ गुलरिया , हिमाल फरेन्डस अमर मोती र सिदर्थ बाहिरिएको छ भने निर्माण व्यवसायी कञ्चनपुर ,कालिका भेट्रान ,शान्ति भेट्रान अशुबर्मा , न्यू डालिमा महेन्द्रनगर , अरनिको र निर्माण वयवसयी धनगढी दोस्रो चरणमा प्रवेस गरेका छन ।
आजको खेल सगै पहिलो चरणका सम्पूर्ण खेलहरु समाप्त भएको छ ।
नकआउट प्रणालीबाट खेलाईने सो खेलको बिजेता समुहले नगद ५० हजार र उपविजेता ले नगद ३० हजार प्राप्त गर्ने आयोजक समितिका भेट्रान खेल संयोजक सुवेदर मान बहादुर तामाङले जानकारी गराए । भोली बाट दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछ ।
भोलीको खेल निर्माण व्यवसायी पुनर्वास र शान्ति भेट्रान अशुबर्मा बस्ती बिच हुने आयोजक टिमका उपाध्यक्ष डम्मर तामाङले बताए ।