धनगढी,६ सावन । । राजधानीमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले सरकार बिरुद्ध बिभिन्न माग राख्दै आन्दोलन गरीरहेको बेला ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि दरुणदल आईतवार सरकार बिरुद्ध सडकमा उत्रिएको छ ।
यसैगरीअनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल तरुण दलले आइतबार धनगढीमा विरोध प्रदर्शन गरेको छ । केसीको माग पूरा गर्नु भन्दै तरुण दलले वर्तमान सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।अधिनायकबाद ओली सरकारलाई डाक्टर गोबिन्द केसीका माग पुरा गर्न दवाब दिन निकालिएको जुलुसमा प्रहरी हस्तक्षेप गरेको भन्दै तरुण दल कैलालीले त्यसको घोर बिरोध गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी नाराबाजी गरेको हो ।
काठमाण्डौँमा तरुण दलले सनिबार गरेको शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप गर्दै तरुण दलका केन्द्रिय अध्यक्ष जितजगं बस्नेतलाई घाइते बनाएको भन्दै प्रधानमन्त्री ओली र प्रहरी बिरुद्ध तरुण दल कैलालीले नाराबाजी गरेर जिल्ला प्रशासन कार्यालय अगाडी करिब १ घण्टा धर्ना दिएका हुन् ।
यसैबीच तरुण दल कैलालीले प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्टलाई ज्ञापनपत्र समेत बुझाएको छ । जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर बमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आन्दोलनको क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले लाठी चार्ज गरी घाइते बनाउनुका साथै शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको जनाएको छ ।
तरुण दलका अध्यक्ष बस्नेतको टाउकोमा गम्भिर चोट लागेकाले सरकारले त्यसको क्षतीपुर्ती ब्यहोर्नुपर्ने तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए । त्यस्तै तरुण दलका अन्य नेताहरुपनि घाइते भएकाले यस्ता शान्तिपुर्ण आन्दोलनमा सरकारी दमन रोक्न गृह मन्त्रालयलाई आग्रह गरिएको छ । आफुहरुका माग पुरा नभए आन्दोलन थप चर्काउने अध्यक्ष बमले चेतावनी दिए । नेपाल तरुण दल कैलालीका प्रवक्ता अमृत बिसिले जनताको ढाड सेक्ने गरी कर बढाउनु, डक्टर केसीका मागलाई बेवास्ता गर्नु लगायतका कामबाट सरकारले अधिनायकबादको सुरुवात गरिसकेको दावी गरे ।
बहुमतको सरकारले जनतालाई राहत हुनेगरी काम गर्नुभन्दा दुई तिहाइको दम्भ देखाएर प्रदेश देखी केन्द्र सरकारले जनतालाई आतङ्कीत हुनेगरी काम गरिरहेको उनको आरोप छ । सरकार नसच्चिएमा तरुण दलले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने प्रवक्ता बिसिले बताए । नेपाल तरुण दल धनगढी उपमहानगर समिति अध्यक्ष भक्त बिष्टले जनताले ठुलो आशा गरेको दुई तिहाइ बहुमतको सरकारले राणा शासन चलाउन खोजेकाले तरुण दलले सडकमा उत्रिनु परेको बताए । जनतालाई सरकारको अनुभुती हुने गरी सरकारले काम नदेखाएमा तरुण दल सरकार बिरुद्ध शसक्त रुपमा लाग्ने उनले चेतावनी दिए ।