धनगढी,०५ सावन ।शनिवार कैलालीको धनगढी उपमहानगरपालिका ,१८ फुलवारीमा निशुल्क आखा शिवर संचालन भएको छ ।
धनगढी नेत्रालय, कल्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, र धनगढी उपमहानगरपालिकाकोको संयुक्त आयोजनामा आखा शिबिर संचालन भएको हो ।
शिबरमा महिला र पुरुष गरी एक हजार दुई सय बाउन्न जनाको निशुल्क आखा चेकजाँच गरीएको छ ।
जस मध्ये एक सय पचासी जना मोतिया बिन्दुका विरामीहरु को धनगढी नेत्रालयले निशुलका शल्याक्रिया गर्ने स्थानिय आयोजक संस्था कल्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यबस्थापक रुद्र खनालले जानकारी दिएका छन् । यस्तै शिबिरमा तीन सय तीस जनालाई चश्मा समेत बिरण गरीएको छ , भने अन्य आखाँका सामान्य बिरामीलाई निशुल्क औषधी तथा अाँखाको चेकजाँच गरीएको छ ।
स्थानिय स्तरमा निशुल्क अाँखा शिबर संचालन भएपछि अाँखाका रोगीहरुले राहत महसुस गरेको स्थानिय आयोजक संस्था कल्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र चौधरीले जानकारी दिए । शिबिरमा कैलालीको गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाका पूmलवारी र उर्मा क्षेत्रका साथै सिमावर्ती क्षेत्र भारतका समेत बिरामीलेहरुले अाँखाको उपचार गराएका छन् ।