प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको निधन

धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ। आज (बुधबार) बिहान दाहालको निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार दाहालको नर्भिक अस्पतामा उपचारको क्रममा निधन भएको हो। दाहाल लामो समयदेखि बिरामी थिइन्।