कैलाली। कैलाली जिल्लाको कैलारी गाउंपालिका वडा न.६ खरुवाखेराबाट अवैध भन्सार छलीका १३ वटा खसि नियन्त्रणमा लिइएको छ। ईलाका प्रहरी कार्यालय हसुलियाका अनुसार १३ वटा खसिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गौरिगंगा नपा १ गोक्का बस्ने राम बहादुर रानामगर र धनगढी उपमहानगर पालिका १९ बस्ने कुल बहादुर रानाभाट कैलारी गाउँपालीका ६ खरुवाखेराबाट १ लाख ९५ हजार मुल्य बराबरको १३ वटा भन्सार छलीका खसी चौमाला तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। पक्राउ परेका दुबै जनालाई प्रहरीले आवस्यक कार्वाहीकोको लागि त्रिनगर भन्सार कार्यालय पठाएको छ ।