धनगढी । नेपालमा मनसुनी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।आज शनिबार सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघरगर्जनरचट्याङ्गसहित वर्षा भइरहेको बुलेटिनमा उल्लेख छ ।
शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघरगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति देशका धेरै स्थानहरूमा मेघरगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।