रिलिज नहुँदै भाइरल है जिरा

धनगढी । कोरोनाका बेला सबै कसरी बाँच्ने भन्ने ध्याउन्नमा थिए । तर, कैलाली सोल्टाका तपेन्द्र रावल भने आफ्नो ठाउँ चिनाउने शब्दको खोजीमा थिए । एकान्तबास बसेकै बेला उनको मन दौडियो सुदूर चिनाउने शब्दको खोजीमा । त्यही बेला उनको मथिङ्गलमा उही पुरानो ‘प्रोमो’ याद आइदियो । ‘है जिरा फूल्याको छै क्या’ त्यही लयमा उनले शब्द खोजे । मन दौडाए । मस्तिष्कमा खलाए शब्दहरू । सुदूरपश्चिमको खप्तड, रामारोशन, अपी शैपाल, घोडाघोडी, सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, शुक्लाफाँटा‘।
यीनै भू–स्वर्गका नाम मथिङ्गलमा खेलाए । त्यसपछि उनले सम्झिए सुदूरको गरिवी । सुदूरपश्चिमका ७० प्रतिशत घरधुरीबाट एक वा दुई जना रोजगारीका लागि भारतमा काम गर्दै आइरहेका छन् । लाहु¥या भारत जानु हुनु पुस्तौनी रोजगारी हो सुदूरेलीको । हो, यही रोजगारी गर्न जाँदा घर परिवार, इष्ट मित्र छोड्नुको पीडा केवल लाहु¥यालाई मात्र थाह हुन्छ । हो, त्यही लाहु¥याको पीडा पनि उनले गीतमा गुँथिदिए । एकान्त बासमा बस्दा बस्दै गीत पूरा भयो । उनी त्यो गीतको खेस्रा बोकेर हिँडे काठमाडौं । काठमाडौंको मालाश्री रेकर्डिङ स्टूडियोमा उनले गीत रेकर्ड गराए । त्यही ‘अडियो’ बोकेर उनी फेरि सुदूरमै फर्किए ।
कोरोनाले आहाल बेहाल भएका बेला अर्थतन्त्र धाराशायी थियो । उनी त्यही अर्थ जोडजाममा लागे । २०७८ सालमा रेकर्ड भएको ‘अडियो’ २०७९ माघ २१ गतेको शुभ साइतमा उनले छायाङ्कन सुरू गरे । गीतले बोलेका स्थान र परिवेशमा उनी र उनको टीम पुगेर छायाङ्कन ग¥यो । कर्णाली चिसापानी, मोहन्यालको सोल्टा, बडिगाउँको त्रिवेणी धाम, अछामको विनायकको पञ्चदेवल, रामारोशन, खप्तड, अपी र शैपाल, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, वैतडीको झुलाघाट जहाँबाट नेपालीहरु श्रम बेच्न भारत जान्छन् । कञ्चनपुरका बेदकोट ताल, कैलालीको घोडाघोडी ताल, काठमाडांैको पाइलट बाबा, प्रायः नेपालीहरूको जवानी बेचिने भारतको मुम्बईमा छायाङ्कन गरियो । गीतका केही टुक्काहरू सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आउन थाले । एकपछि अर्को गर्दै गीत भाइरल बन्यो । गीत अहिलेसम्म रिजिल भएको छैन । तर, गीतको पूरै अंश टिकटक र फेसबुकबाट चोरिएर सामाजिक सञ्जालभरि भाइरल भइरहेको छ । उनै श्रष्टा तपेन्द्रका शब्द चोरेर सामाजिक सञ्जाल भरिएको छ । तर, उनी भने ओझेलमै छन् ।
कसरी बन्यो गीत
वीच भलिबल बालुवामा खेल्ने भलिबल प्रतियोगिता सुरूवात गरे उनले । आफू जन्मिएको ठाउँको पर्यटन प्रवद्र्धन गर्ने उनको सानैदेखिको हुटहुटी थियो । हो, त्यही हुटहुटी उनले जवानीमा सुरु गरे । ‘वीच भलिबल’ प्रतियोगिताका लागि उनले रचे ‘प्रोमो’ । ‘चैतका १० गतेदेखि है जिरा फूल्याको छै क्या, १६ गतेसम्म साइबौ चिसापानी आइजाया है क्या १’ यही प्रोमोबाट सुरु भयो उनको सांगीतिक यात्रा ।
टिकटकबाट चोरियो गीत
श्रष्टा तपेन्द्रले छायाङ्कन गरिएको गीतका केही ‘क्लिप’हरू आफ्नो फेसबुकमा राखे । केही टिकटकमा । हो, तिनै टिकटक र फेसबुकमा राखिएका टुक्का जोड्दै कपी गर्नेहरूले सिंगो गीत बनाइदिए । अहिलेसम्म ‘है जिरा फूल्याको छै क्या १’ बजारमा सार्वजनीक भएकै छैन । उनले ‘है जिरा फूल्याको छै क्या’ गीतलाई १२ भाषामा रेकर्डिङ गरेका छन् ।
को हुन् तपेन्द्र
कैलालीको दुर्गमा गाउँ सोल्टामा बुबा नवलसिंह रावल र आमा झ्यापीदेवी रावलका कोखबाट जन्मिएका कान्छा छोरा तपेन्द्रको पढाइ लेखाइ गाउँमै भयो । उनी उच्च शिक्षाका लागि काठमाडौं हानिए । काठमाडौंमा कम्प्युटर साइन्समा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि नेपालका विभिन्न कलेजमा ७ वर्ष अध्यापन गराए । त्यसपछि उनी युनिभर्सल डिजाइन अफ आइसिटीमा स्नातकोत्तर गर्न नर्वे गए ।
नर्वेमा रहँदा उनले युरोपका विभिन्न देशको पर्यटन अध्ययन गरे । यही सीपलाई नेपालमै प्रयोग गर्न उनी पुनः नेपाल फर्किए । नेपाल फर्कदा उनलाई आफ्नो मातृभूमिले तान्यो । उनले डेढ करोडको लगानीमा कैलाली प्रवेशद्वार चिसापानीमा सन् २०२० मा नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै माघ १६ गते नेपाली वैज्ञानिक महावीर पुनद्वारा जिपलाइन सहितको रिसोर्ट ‘चिसापानी एड्भेन्चर रिसोर्ट’ को समुद्घाटन गराए । उनी अहिले सुदूरको प्रवेशद्वारा चिसापानीमा यहाँको कला, साहित्य, संस्कृति र पर्यटनका क्षेत्रमा काम गरिरहेका छन् ।