कानुनमन्त्री मन्त्री सवार गाडी दुर्घटना : छानबिन समिति गठन

धनगढी । बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम सरकारले बिहीबारको क्याबिनेट बैठकबाट दुर्घटनाको छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको हो।
छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । सदस्यमा नेपाल प्रहरी, प्रदेश कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल, नं। ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालय उपन्यायाधिवक्ता टेक बहादुर थापा, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी रहेका छन् ।
गठित छानविन समितिले जेठ ८ गते स्वीकृति प्राप्त भएको अनुसन्धान गरी १५ दिन भित्र प्रदेश सरकार (मन्त्रिपरिषद)मा प्रतिवेदन पेश गर्नुपने बताईएको छ ।