सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार गाडी दुर्घटना ,मन्त्री सिंहसहित चार जना घाइते

बझाङ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ। सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको हो। मन्त्री सवार गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडामा सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो जिल्ला प्रशासन कार्यलय बझाङले जनाएको छ ।
दुर्घटनामा मन्त्री सिंहसहित चार जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ।
दुर्घटनाका घाइते बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको बताईएको छ ।