धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० -८१ को वार्षिक बजेट आज ल्याउने भएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले शुक्रवार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्य सूची तय भएको बताए ।शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने बताएका छन् ।