धनगढी । नेपाल ट्रेड युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीका ज्ञानेन्द्र शाह सर्वसम्मत चयन भएका छन् । कैलालीको खानीडाडांमा मंगल बार सम्पन्न युनियनको प्रदेश भेलाले शाहिको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति गठन गरेको हो । यस अघि ट्रेड युनियन कैलालीको जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका शाह प्रदेश अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
प्रदेश भेलाले युनियनको सचिबमा गणेश बम मल्ललाई चयन गरेको छ । प्रदेश कोषाध्यक्षमामा वीर बहादुर बिष्टलालाई चरान गर्दा खुल्ला उपाध्यक्षमा गोविन शाह र पुष्पराज उपाध्यय चयन भएका छन् । महिला उपाध्यक्षमा सुस्मा जोशी र सेवा उपाध्यक्ष तर्फ नर बहादुर कवर बिष्ट चरान भएका छन् ।