हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बैतडीको सुर्नया–३ की सरस्वती तीन दिनदेखि सम्पर्क विहिन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-४
  • सुन्नुहोस् 
765  
Banner

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ डुङ्गरीकी ६७ वर्षीया सरस्वती ऐरी तीन दिनदेखि सम्पर्क विहिन भएकी छन् । माघ १ गते सोमबार बिहानदेखि हराएकी उनी अहिलेसम्म सम्पर्कमा नआएकी सरस्वतीका छोरा मोहन ऐरीले बताए ।

एक गते विहान अर्को घर सफा गर्छु भनेर गएकी सरस्वती आज सम्म आएकी छैनन् । उनको खोजीका लागि प्रहरीमा समेत खबर गरिएको छोरा मोहन ऐरीले बताए ।

जिल्ला प्रहरी कार्यालय बैतडीले खोजी कार्य भइरहेको जनाएको छ । बेपत्ता ऐरीलाई कसैले फेला पारे नजिकको प्रहरी वा ९८६६५०८०१० मा खबर गरिदिन आग्रह गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्