सुदूरपश्चिम
जिल्लामा ‘लागु औषध नियन्त्रण र सुशासनलाई कायम गर्छु : कैलालीका सिडिओ मिश्र

धनगढी । कैलालीमा ‘लागु औषध नियन्त्रणका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन् । हालै सरुवा भएर कैलाली आएका प्रमुख जिल्ला अधिकारी मिश्रले ‘लागु औषध नियन्त्रणका लागि आफूलेहर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन्।
कैलालीको जिम्मेवारी सम्हाले लगत्तै आज (शुक्रबार)पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै उनले लागु औषध दुर्व्यसन बढेको कैलालीलाई हब बन्न नदिने र नियन्त्रणका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनलाई कायम राख्न आफू यहाँ आएको बताए । प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सेवालाई गुणस्तरीय बनाउनु आफ्नो दायित्व रहेको र त्यसको सुरुवात आफ्नै कार्यालयबाट गर्ने उल्लेख गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्