हामि संग जोडिनुहोस

राष्ट्रिय

नेपालको शिक्षा नीतिमा सुधार आवश्यक छ : मन्त्री साउँद ,धनगढी प्राईभेट लिमिटेड होईन: पूर्व नगरप्रमुख वड

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-१५
  • सुन्नुहोस् 
630  
Banner

धनगढी। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले नेपालको शिक्षा नीतिमा सुधार ल्याउनु आवश्यक भएको बताएका छन् ।शुक्रवार धनगढीको लाईफ लाईन टेक्निकल कलेजको स्वागत कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री साउँदले यस्तो धारणा राखेका हुन । शिक्षा नीति गरिवहरुलाई अझै गरिवी तिर धकेल्ने किसिमको छ मन्त्री साउँदले भने, ‘त्यसैले यसमा सुधार आवश्यक छ ।” अभिभावकले छोराछोरी पढाउदैमा सम्पती सिध्याउँछन् मन्त्री साउँदे भने,‘ पढेर पनि छोराछोरी गरिखाने हुन सक्दैनन् अन्तमा बिदेशिन बाध्य हुन्छन् ।” यसका लागि प्राविधीक शिक्षा आवश्यक भएको पनि मन्त्री साउँदले बताए ।

धनगढी उपमहानगरपालिका प्राईभेट लिमिटेड होईन  : पूर्व नगरप्रमुख वड

धनगढी उप–महानगरपालिकालाई प्राईभेट लिमिटेडको रुपमा चलाउन खोज्दा बेथिती बढेको बताएका छन् । धनगढीको लाईफ लाईन टेक्निकल कलेजले नयाँ विद्यार्थीको स्वागतमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । सालको पात बेच्ने, साईकल र ठेलामा तरकारी बेच्ने संग मोटो कर अशुली भैरहेको छ , एउटा कुखुरा बेच्दा ५० रुपियाँ नगरपालिकालाई छुट्टाउनुपर्छ पूर्व नगरप्रमुख वडले भने,‘त्यसैले नगरपालिका फाईदा कमाउने र कारोवार गर्ने प्राईभेट लिमिटेड होईन भनेर अहिलेको नेतृत्वले बुझ्नु पर्छ ।” ठेला ब्यापारीबाट लिने कर दैनिक २० रुपियाँ बाट १ सय रुपियाँ पु¥याएको छ वडले भने, एकै पटक ३ सय प्रतिशत कर बढाउनु बैज्ञानीक हो कि होईन ।” कर बढाएको बिषय मिडियामा आएपछि पुरानै निर्णय भनेर गैर जिम्मेवार जवाफ दिने गरेको पनि पाईयो पूर्व नगरप्रमुख वडले भने, ‘ गलत भएको कुरा स्वीकार गर्न नसक्नु मुर्खता हो ।”

नगरप्रमुख वडले शैक्षिक शत्रको बिचमा आएर शिक्षक र विद्यालयको समायोजन गर्दा पठनपाठन बर्वाद भैरहेको बताए । उनले भने, ‘ नगरका ठूला योजना लथालिंग छन्, स्थानीय सरकार फुल लगाएको, बालपेन्टिङ गरेको,सर्प समातेको, कुकुरको बन्ध्याकरण गरेको कुरालाई भाडामा मान्छे प्रयोग गरेर उपलब्धी ठान्दै स्टन्टबाजी गरिरहेको छ ।” नगरप्रमुख वडले नगरप्रमुख हमालले गरेका राम्रा कामको खुलेर प्रशंसा गर्न र कमजोरीका बारेमा पनि खुलेर लेख्न मिडियाकर्मी संग आग्रह गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्याल, नेपाल प्रेस यूनियन सुदूरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष टेकेन्द्र देउवा, नागरिक समाजका प्रतिनीधि प्रेम ढंगाना लगायतले प्राविधीक शिक्षाको महत्वको बिषयमा मन्तब्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार