राजनीति
समृद्ध नेपाल र सुखी नेपाली नारालाई वास्तविकतामा परिणत एमालेले गर्छ : अध्यक्ष ओली
बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली नारालाई वास्तविकतामा परिणत एमालेले गर्ने बताएका छन् । बैतडीको झुलाघाटमा एमालेको सङ्कल्प यात्राको आज सुरुआतपछि गोठलापानी आयोजीत नागरिक अभिन्दन कार्यक्रमलाई सम्बोन्ध गदै ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने काममा एमालेले कुनै कसर बाँकी राख्दैन संकल्प यात्राले पहिलो प्राथमीकता राख्छ्।’उनले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा अनुरुप नै यो मध्यपहाडी लोकमार्ग यात्रा सुरु गरिएको भन्दै मध्यपहाडी भूभागमा विकास सम्भावनाको बारेमा बुझ्न र सोही अनुसार विकास गर्न सहज हुनेमा जोड दिए ।
अध्यक्ष ओलीले यस सङ्कल्प यात्रामा जनतासँग संवाद र समस्याहरुको अध्ययनको काम गरिने बताए । उनले भने, ‘मध्यपहाडी लोक मार्गको विकास कसरी गर्न सकिन्छ, युवालाई उद्योगसंग जोडन् सकिन्छ , स्वदेशमै युवा टिकाउने, गुणस्तरीय स्वास्थ्य, शिक्षा लगायतका विषयमा पनि संकल्प यात्राले मद्दत पुग्ने उल्लेख गरे।एमालेले सुरुवात गरेको चुच्चे नक्सा सार्वजनीक तुन विस्तापीत लगायतका देश विकासका मेरोदण्ड तथा मुख्य मुख्य योजना अहिलेको सरकारले पाखा लगाएको आरोप लगाए । उनले भने, ‘झुलाघाटमा पुलको बिषय खै सरकार तुन विस्तापित हामीले गरेका छौ, गठबन्धन भनेको सरकार के गर्दैछ। ’
सकरात्मक परिर्वनका लागि सकरात्मक शक्तीको नेतृत्व देशलाई चाहिएकोमा भनाई थियो । जनताले मात्रै देशलाई यस दिशामा अघि बढाउन सक्ने भएकाले जनताकाबिच फरक ढंगले गइरहेको छ । आजबाट सुरु भएको यात्रा पुस १ मा पाचथरको चिवा भन्ज्याङमा पुगेर झण्डोत्तलन गरेर सकिने छ ।