हामि संग जोडिनुहोस

समाचार

स्थापना दिवसमा नेभ्लाको निःशुल्क पशु स्वास्थ्य शिविर

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-१०
  • सुन्नुहोस् 
1.25K  
Banner

कैलाली । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) को ३४ औँ स्थापना दिवसका अवसरमा जिल्ला कार्य समिति कैलालीले एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर  गरेको छ । 

नेभ्ला कैलालीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी कैलालीको सहयोग तथा विभिन्न औषधि कम्पनीको प्रायोजन र चुरे गाउँपालिका वडा नम्बर ४ को सहकार्यमा गर्भा दरवार परिसरमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरेको हो । नेभ्ला कैलालीका अध्यक्ष विमल जोगीको अध्यक्षतामा सम्पन्न शिविरमा प्रमुख अतिथि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा हेमराज अवस्थी, विशिष्ठ अतिथि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका डालोकेन्द्र न्यौपाने, विशिष्ठ अतिथि नेभ्लाका प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष धनबहादुर चौधरी, नेभ्ला केन्द्रीय सदस्य कविराज कठायत, नेभ्ला सुप प्रशिक्षण विभाग इन्चार्ज दीपक चौधरी, भेटेरिनरी अस्पतालका डाक्टर मिलन खनाल, चुरे गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टेकबहादुर साउँद, युग नेपाल डटकमका चेतराज ओझा, भाष्कर हर्भिस्टिकल प्रालिका सुरेश चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भा क्षेत्रका ७९ घरपरिवारका पशु चौपायाको उपचारका साथै औषधि वितरण गरिएको थियो । सोही अवसरमा घरपालुवा कुकुरलाई रेविज रोग विरुद्धको भ्याक्सिन पनि लगाइएको अध्यक्ष जोगीले बताए । 

कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले नेभ्लाले गाउँगाउँमा गएर विगतदेखि गर्दै आएको शिविर तथा कार्यक्रम किसानका लागि अत्यन्तै लाभदायक रहेको बताए । यस्ता कार्यक्रमले किसानलाई लाभ पुग्ने बताउँदै उनले भने,‘सरकारको एकल प्रयासले मात्रै नभएर विभिन्न पेशागत संघसंस्थाको सहकार्यमा किसानले लाभ पाउँदै आएका छन् । त्यसमा हामी पनि नेभ्लाले गर्ने यस्ता कार्यक्रममा सहकार्य गर्दै जानेछौँ ।’ नेभ्लाले आफ्नो वार्षिकोत्सवमा मात्रै नभएर विभिन्न दिवस तथा कार्यक्रममा किसानलाई लाभ पुग्ने खालका कार्यक्रमहरु गाउँगाउँमा गर्दै जाओस् भन्दै उनले शुभकामना व्यक्त गरे । 

कार्यक्रमको समापनमा बोल्दै नेभ्लाका जिल्ला अध्यक्ष जोगीले किसानलाई फाइदा पुग्ने यस्ता खाले कार्यक्रमहरु नेभ्लाले गर्दै आइरहेको बताए । उनले भने,‘अहिले हामीले वितरण गरेका औषधिको सही सदूपयोग होस्, यसबाट किसानले मनग्य फाइदा लिन सकून् ।’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला तथा विभिन्न औषधि उत्पादक कम्पनीहरुले यस्ता सहयोग र सहकार्यहरु गरिरहने आशा आफूले लिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार