हामि संग जोडिनुहोस

राजनीति

धनगढीमा संविधानको कार्यान्वयन गर्न अन्तरक्रिया हुने,कांग्रेस नेता सिटाैला धनगढी आउदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-८
  • सुन्नुहोस् 
1.15K  
Banner

धनगढी । नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला बुधबार धनगढी आउने भएका छन् ।

‘संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भुमिका’ विषयक प्रदेशस्तरिया अन्तरक्रियालाई सम्बोधन गर्न सिटाैलन धनगढी आउन लागेका हुन् ।

धनगढीको रिद्धिसिद्धि पार्टी प्यालेसमा आयोजना हुने सो अन्तरक्रियामा काँग्रेसबाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्य समिति पदाधिकारी तथा सदस्य, पार्टीको प्रदेश, क्षेत्र, वडाका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहने छ ।

सोमबार धनगढीमा सञ्चारकर्मीसंग भेटघाट गर्दै केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले संविधान जारी भएको आठ वर्ष भइसक्दा समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए । उनले भने –‘संविधान कार्यान्वयन हुन नसक्नुका कारण मात्र अहिले उठ्दै आएका छन् । हामीले अन्तरक्रियामा संविधान कार्यान्वयनमा भएका कमजोरीमात्र नभई समाधानसहितको सुझावहरु दिनेछौं ।’

उनले संविधान प्रभावकारी कार्यान्वयन नहुनुमा सरकार सत्ताको मोहमै केन्द्रित हुनु प्रमुख कारण रहेको बताए । उनले भने –‘यसका साथै प्रदेशमा निर्वाचित जनप्रतिनिधिले आफनो अधिकार नबुझ्नु, स्थानिय तहले संघ र प्रदेशसंग सहकार्य गर्न नसक्नु पनि हुन् ।’

उनले संविधानले तीन तहकै सरकारलाई एकल, साझा अधिकार व्याख्य गरेको बताउँदै –‘तर, संविधानको मर्म अनुसार तीन तहकै सरकार चल्न सकेका छैनन् । संघले प्रदेशलाई अधिकार दिन नचाहनु, प्रदेशले पाएका एकल अधिकारको कार्यान्वयनका लागि आवश्यक ऐन कानुन निर्माण नगर्नु लगायतका समस्या रहेका छन् ।’

उनले संविधानले जनताका मौलिक हक प्रदान गरेको भएपनि ती अधिकार जनताले पाउन नसकेको बताए । उनले भने –‘विपन्न वर्ग, समुदाय, उत्पीडित वर्गको हक अधिकारका लागि यो संविधान बनेको हो । तर, प्रदेश र स्थानीय सरकार गठन भएपनि यी वर्गले अझै अधिकार पाएको महसुष गर्न सकेका छैनन् ।’

उनले जनप्रतिनिधिहरु पूर्वाधार विकासतर्फमात्र केन्द्रित भएको बताउँदै –‘विकास भनेको सडक, कल्र्भट, पुलको पहुँच बनाउनमात्र होइन । मौलिक हक अन्तरगत व्याख्या गरिएका शिक्षा, स्वास्थ्य लगायतमा पनि नागरिकको सहज पहुँच  बनाउनतर्फ ध्यान दिनुपर्छ । यो देखिएन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्