हामि संग जोडिनुहोस

समाचार

धनगढी १९ मा मनाइयो तीन पर्व एउटै मञ्चमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-३
  • सुन्नुहोस् 
1.84K  
Banner

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा तीन वटा फरक पर्व बिशेष सांस्कृतिक कार्यक्रम एउटै मञ्चमा गरिएको छ । उपमहानगरपालिकाको वडा नम्वर १९ आई गाउँमा तीज, गौरा तथा अटवारी बिशेष सांस्कृतिक कार्यक्रम गरि तीन वटै पर्व एकै मञ्चमा मनाइएको हो । 

आज मंगलबार वडा नम्बर १९ को आर्थिक सहयोगमा पार्वती ओलीको अध्यक्ष्यतामा रहेको सांस्कृतिक कार्यक्रम संचालन समितिले तीन वटै पर्व विशेष कार्यक्रम एउटै मञ्चमा सम्पन्न गरेको छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका बासिन्दाले मनाउने गौरो बिशेष डेउडा,थारु समुदायले मनाउने अटवारी बिशेष थारु नृत्य र सबै समुदायले मनाउने तीज बिशेष नृत्य प्रस्तुत गरिएको थियो । 

No description available.

सामाजिक सद्भभाव र एकता बढाउन तथा एक समुदायले अर्को समुदायको अस्तित्व स्विकार गर्ने प्रबृतिको विकास गर्न धनगढी १९ मा तिन वटा फरक पर्वलाई एउटै मञ्चमा मनाइएको बताइएको छ । 

उक्त सांस्कृतिक कार्यक्रममा एकल तीज नृत्यतर्फ महेश्वरी कुञ्जेडा प्रथम हुदाँ सञ्जना रानाभाट द्धितीय र अर्चना बयाडी तृतीय भइन् । आज कार्यक्रम सम्पन्न हुदाँ राति परेकाले पुरस्कार भोली असोज ३ गते वितरण गरिने बताइएको छ । 

मौलिक तीज गीत नृत्यमा सुर्यमुखि आमा समूह धनगढी १९, जे गाउँ प्रथम हुदाँ सगरमाथा आमा समुह धनगढी १४ डि गाउँ द्धितीय र लाली गुराँस आमा समुह ए गाउँ तृतीय स्थान प्राप्त गर्न सफल भए । 

सामुहिक थारु नृत्यमा देउनी जेठानी समुह प्रथम हुदाँ आदिवासी जनजाति सखिया नाच समुह द्धितीय र झुम्रा नाच समुह कैलारी तृतीय स्थान प्राप्त गर्न सफल भए । 

एकल थारु नृत्य तर्फ रचना चौधरी प्रथम हुदाँ एन्जीला चौधरी द्धितीय र पार्वती कोली तृतीय भइन् । देउडा गीत नृत्यमा सुदुरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीका तिन वटै टिम प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्न सफल भए ।

गौरा प्रस्तुतिमा मालिकार्जुन समूह प्रथम र सुदुर पश्चिम लोक सांस्कृतिक समाज फूलवारीको समुह द्धितीय स्थान ओगट्न सफल भएको आयोजकले जानकारी दिएको छ । 

No description available.

सांस्कृतिक कार्यक्रममा प्रिन्स खड्का बाल प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन् ।धनगढी १९ आई गाउँ घर भएकी प्रिन्साले उत्कृष्ट नृत्य प्रस्तुत गरेको भन्दै बाल प्रतिभा घोषित गर्दै सम्मानित गरिएको आयोजकको भनाई छ । 

पार्वती ओलीको अध्यक्षतामा सम्पन्न सांस्कृतिक कार्यक्रममा चर्चित मोडल अनु खड्का, खडक तिरुवा लगायत तीन जना निर्णायक रहेका थिए । भने प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउबा रहेका थिए । 

No description available.

 


तपाइको प्रतिक्रिया दिनुहोस्