हामि संग जोडिनुहोस

समाचार

भर्ना अभियान प्रवर्धन गर्न फूलवारी बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-३०
  • सुन्नुहोस् 
1.75K  
Banner

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १८ स्थित फूलवारी बहुमुखी क्याम्पसले विद्यार्थी भर्ना अभियान प्रवर्धन गर्न तीज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । आज शनिबार क्याम्पसको प्रांगणमा तीज, देउडा गीत तथा नृत्य,धार्मिक मन्त्र बाचन गरि सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । 

धनगढी उपमहानगरपालिकाको फूलवारी र कैलारी गाउँपालिका क्षेत्रको एकमात्र बहुमुखी क्याम्पसले स्नातक तह प्रथम बर्षमा विद्यार्थी भर्ना अभियानलाई प्रबर्धन गर्ने उद्देश्यले तीज कार्यक्रम गरिएको बताइएको छ । तीज विशेष सांस्कृतिक कार्यक्रम अवलोकन गर्न तथा प्रतिस्पर्धामा सहभागि हुन विभिन्न ठाउँबाट मानिसहरु आउने हुदाँ क्याम्पसको भर्ना अभियानको बारेमा जानकारी दिन सजिलो र प्रभावकारी हुने विश्वासका साथ तीज कार्यक्रम गरिएको क्याम्पस प्रमूख बम बहादुर बमले बताए । 

वि.स २०६६ सालमा स्थापना भएको बहुमुखी क्याम्पसमा हाल शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमा अध्यापन भइरहेको छ । 

क्याम्पसले  आयोजना गरेको तीज बिशेष सांस्कृतिक कार्यक्रममा २१ जना प्रतिस्पर्धी रहेका थिए । सरस्वती खड्का र निर्मला साउँदले प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । अंकिता बुढाथोकीले द्धितीय स्थान प्राप्त गर्दा पूर्णिमा खड्का तेस्रो भइन् । प्रतियोगितामा स्मृति भट्टराई सान्त्वना स्थान हासिल गर्न सफल भइन् । 

प्रतियोगितामा प्रथमलाई ७ हजार ५ सय,द्धितियलाई ४ हजार ५ सय, तृतीयालाई ३ हजार र सान्त्वना १५ सय नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश सभाका पूर्व सांसद नेपालु चौधरीको प्रमुख आतिथी रहेकाे कार्यक्रम क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष रमेश बस्नेतकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।


तपाइको प्रतिक्रिया दिनुहोस्