हामि संग जोडिनुहोस

समाचार

धनगढी १८ मा देखियो मौलिक शैलीको तीज,वडाका समस्या र विकासका सवालमा केन्द्रित

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-५-३१
  • सुन्नुहोस् 
4.6K  
Banner

फूलवारी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा मौलिक शैलीको तीज कार्यक्रम सम्पन्न भएको  छ । वडाको डिपो बजारमा भएको कार्यक्रममा विभिन्न महिला समूहहरुले वडाका समस्या र विकासका सवालमा बनाइएका गीत तथा नृत्य प्रस्तुत गरेका थिए  ।  

पछिल्लो समय तीजको मौलिकता हराउँदै गइ रहेकोमा चिन्ता भइरहेका बेला धनगढी १८ को तीज कार्यक्रममा परम्परागत मौलिक शैलीको तीज देखिएको छ । उपमहानगरपालिका वडा नम्बर १४,१८ र १९ का महिला समुह तथा विद्यालयका प्रतिस्पर्धीहरुले वडामा भएका विकास निर्माण, विद्यमान समस्या,सामाजिक विकृति, राजनितिक अवस्था तथा महिलाका हक अधिकार र भोगिरहेका समस्या,दुखका व्यथा समेट्दै बनाइएका गीतहरु गाउँदै नृत्य प्रस्तुत गरेका थिए । 

विभिन्न समूहहरुले प्रस्तुत गरेका गीतमा वडा नम्वर १८ ले गरेका राम्रा कामहरुको प्रशंसा गरिएको थियो ।  गीतमा एम्वुलेन्स संचालन,कोल्ड स्टोर निर्माण,चोकहरुमा स्तम्भ निर्माण,सडक निर्माण, स्वास्थ्य चौकी निर्माण लगायतका वडाले गरेका राम्रा कामहरुको खुलेरै प्रशंसा गरिएको थियो । 

मौलिक शैलीमा गाइएका गीतहरुमा वडाले गर्न नसकेका कामहरु तथा विद्यमान समस्या, सामाजिक विकृति तथा कार्य शैलीको विरोध समेत गरिएको थियो ।महिलाका विभिन्न समस्याहरु गीतको माध्यमबाट उठाउँदै महिलालाई स्वरोजगार बनाउनु पर्ने कुरा जोड दिएको थियो ।

 फूलवारी सामुदायिक सिकाई केन्द्र धनगढी  १८ ले आयोजना गरेको उक्त तीज कार्यक्रममा सहभागीहरुले प्रस्तुत गरिएका गीत तथा नृत्यको खुलेरै प्रशंसा समेत गरेका थिए । धनगढी १९ का अशोक बिष्टले पछिल्लो समय तीज भड्किलो हुनुका साथै मौलिकता हराउँदै गएकोमा यो कार्यक्रमले मौलिक तीजको झल्को दिएको बताए । उनले तीजमा हिन्दी, डिजे लगायत उत्शृंखल खालका गीतमा युवायुवतीहरु रमाउँदा तीजको मौलिक शैली लोप हुदै गएको समयमा वडा नम्बर १८ले गरेको यो कार्यक्रमले राम्रो सन्देश दिएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।

 धनगढी उपमहानगरपालिका १४,१८ र १९ का ९ टिम सहभागि रहेको तीज गीत तथा नृत्य प्रतियोगितामा लालीगुँरास आमा समुह धनगढी १८ ले  प्रथम स्थान प्राप्त गरेको थियो । चन्द्रोदय माध्यामिक विद्यालयको समुह दोस्रो , सगरमाथा आमा समुह तेस्रो र आयुष्मा पौडेल समुह शान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । 

तीज गीत तथा नृत्य प्रतियोगिताका विजेताले प्रमाण पत्र सहित क्रमश नगद पुरस्कार ९ हजार ,६ हजार,४ हजार र १ हजार प्राप्त गरेका थिए । धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाको प्रमुख आतिथी  र वडा नम्बर १८का वडा अध्यक्ष भुवन रिजाल बिशिष्ट अतिथि थिए ।  फूलवारी सामुदायिक सिकाई केन्द्रले आयाेजना गरेकाे कार्यक्रममा १८ ले आर्थिक सहयोग गरेको थियाे  । कार्यक्रम सिकाईकेन्द्रका अध्यक्ष प्रकास सुवेदीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।


तपाइको प्रतिक्रिया दिनुहोस्