धनगढी। भारत भ्रमण सकेर सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आज (मंगलबार) स्वदेश फर्किने भएका छन् ।
भारत सरकारको निमन्त्रणामा गतसाता मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय उच्चस्तरिय सरकारी टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट भारत भ्रमणमा गएको थियो ।भारत भ्रमणमा रहँदा मुख्यमन्त्री शाहले विशिष्ट व्यक्तिहरुसँगको भेटघाटमा कृषि, पर्यटन, उर्जालगायत क्षेत्रको विकास सन्दर्भ छलफल गर्नु भएको थियो ।
भ्रमणमा गएको टोली आज लखनउबाट स्थलमार्ग हुदै ४ बजे कैलाली आईपुग्ने कार्यक्रम रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्