धनगढी। ऐतिहासिक भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।
सोमबार मुख्यमन्त्री शाह र समकक्षी योगीबीच लखनउ स्थित सरकारी निवासमा भेटवार्ता भएको हो ।भेटमा सीमा क्षेत्रमा हुने लागु औषध ओसारपसार र आपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा गहन छलफल भएको थियो ।सोही अवसरमा मुख्यमन्त्री शाहले सुदुरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनवारे उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई जानकारी गराए । दुई देशबीच सदियौ पुरानो धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक रुपमा घनिष्ट सम्बन्ध रहेको अवस्थामा मुख्यमन्त्री स्तरिय भारत भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ र अझ थप उचाईमा पग्ने विश्वास व्यक्त गरिएको थियो । कुराकानीको क्रममा मुख्यमन्त्री शाहले भारत सरकारले सुदुरपश्चिम प्रदेश सरकारलाई भ्रमणको निमन्त्रणा गरेकोमा भारत सरकारलाई धन्यबाद दिए ।
आधुनिक कृषि खेती, उर्जा क्षेत्रको विकास, पर्यटन प्रबर्द्धन, धार्मिक मानसखण्ड सर्किटको निर्माण, आध्यात्मिक टुरिजम, धार्मिक टुरिजम, ओएलनेस टुरिजम, ईको टुरिजम लगायतका पर्यटन क्षेत्रको विकास र विस्तार र दुई देशबीचको कनेक्टिभिटी रोड एक्सेसका सन्दर्भमा दुईपक्षबीच कुराकानी भएको थियो । मुख्यमन्त्री योगीसँगको भेटमा मुख्यमन्त्री शाहले पश्चिम सेती जलविद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको र आर्थिक अभावले अगाडी बढ्न नसकेको अवस्था भारत सरकारले प्राविधिक लगायतको सहयोगले अन्तिम रुपमा दिन र पञ्चेश्वर जलविद्युत आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा सहयोग गर्न आग्रह गरे ।
मुख्यमन्त्री शाहले भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आईरहेको स्मरण गर्दै सुदुरपश्चिम प्रदेशको विकासमा भारत सरकारले सहयोगको अपेक्षा सहित दार्चुलामा निर्माणाधिन पुल छिटोभन्दा छिटो निर्माण गर्ने, वैतडी र डल्डेधुरामा पुल निर्माण प्रक्रिया चाडो शूरु गर्ने आग्रह गरे । दुबै देशका नागरिक शिक्षा र रोजगारीका लागि एकअर्को देश जाने भएकाले उनिहरुको सुरक्षाका लागि सीमा क्षेत्रमा तथ्यांक संकलन गर्ने र सीमामा एकिकृत भन्सार जाँच पास राख्ने दुबैबीच छलफल भएको छ । तिकुनियाँ(खक्रौलासम्मको सडकखण्डका साथै पलियाँ –गौरिफन्टा सडकखण्ड छिटो विस्तार र सम्पन्न गर्ने मुख्यमन्त्री योगीले बताए ।
नेपाल संघीय गणतान्त्रिक मुलुक भएपश्चात पहिलो दुबै देशको तर्फबाट मुख्यमन्त्री स्तरिय औपचारिक विदेश भ्रमण हो। भारत सरकारको निमन्त्रणामा गतसाता मंगलबार मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट एक साताका लागि भारत भ्रमणमा गएको थियो । बैशाख १६ गतेदेखि २२ गते भ्रमणको कार्यतालिका रहेको थियो । भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा ९माओवादी केन्द्र का प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा। जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रह्का छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्