धनगढी । आफ्नो फेशबुक वालमा लेखेको स्टाटसप्रति मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीलाई पत्रकार महासंघ प्रदेश समितिले घोर आपत्ति जनाएको छ।
महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ती प्रकाशित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवशकै दिन समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरुलाई बदनामित हुने गरि आफ्नो फेसबुक वालमा लेखिएको स्टाटसप्रति नेपाल पत्रकार महासंघ ससुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
काठमाण्डौंबाट प्रकाशित अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक सेयर गर्दै सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवशको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन ।
आफ्नो बारेमा प्रकाशित समाचारका विषयमा विमति भए कानूनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भ्रत्सनायोग्य र निन्दनीय छ । कुनै पत्रकारले पैसा खाएर समाचार लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेस समितिलाई उपलब्ध गराउन पनि महासंघ सचिव सुवेदीलाई चुनौती दिन चाहन्छ’ अध्यक्ष शाहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
महासंघले सचिव सुबेदी आप्mनो पदीय मर्यादा विर्सेर कानन विपरित कार्य गरिरहेको पनि महासंघको ठहर छ । ‘प्रदेश सचिव जस्तो पदमा बसेका ब्यक्तिले आफ्नो पदीय मर्यादाको ख्यालै नगरी यस्ता गैरजिम्मेवार र अफवाहपूर्ण अभिब्यक्ति दिनु कानूनको बर्खिलाप हो । बेला÷बेला सचिव सुवेदीले पार्टीको कार्यकर्ता जस्तै देखिनेगरि स्टाटस लेख्दै आएका छन । उनले आफ्नो फेसबुक वालमा पोखराको भावि मेयर सम्म लेख्न भ्याएका छन । यस्ता हर्कतहरु निजामति कर्मचारी आचार संहिता विपरित भएको महासंघको ठहर छ’ विज्ञप्तीमा भनिएको छ ।
महासंघले यस्ता अराजक सचिवलाई कारवाहीको पनि प्रदेश सरकारसँग माग गरेको छ । ‘समाज रुपान्तरण र जनतालाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारहरुलाई बदनामित गर्ने र हतोत्साहित हुने कार्य बन्द गर्न सचिव सुवेदीलाई महासंघ चेतावनी दिन चाहन्छ । 'उनले भने'
तपाइको प्रतिक्रिया दिनुहोस्