हामि संग जोडिनुहोस

सुदूरपश्चिम

आपतकालिन उद्धारका लागि बैतडीमा हेलिप्याड स्थापना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२०
  • सुन्नुहोस् 
804  
Banner

बैतडी ।आपतकालिन उद्धारका लागि बैतडीका १२ स्थान हेलिप्याड स्थापना गरिएका छन् । विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माण गरिएको हो ।उहाँले भन्नुभयो, “ विपद् बेला आपतकालिन रुपमा उद्धारका लागि सहजता होस भनेर हेलिप्याड निर्माण गरेका हौं । यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ । ”

मनसुन आपतकालिन कार्ययोजना २०८० अन्र्तगत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन् । सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका ३ कुलाउ, सिगास गाउँपालिका ९ चौखाम, सिगास ७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका १ हाट, पुर्चौडी ५ कुवाकोट, पुर्चौडी ३ नकाली, पाटन नगरपालिका ४ पाटन, डिलाशैनी गाउँपालिका ३ लेक,सुर्नया गाउँपालिका २ सिउडे र दोगडाकेदार गाउँपालिका १ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन् ।

मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदहरु आइपर्दा आपतकालिन रुपमा हेलिकप्टर अवतरण गराउन सहज होस भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

विपद व्यवस्थापन तथा न्यूनिकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताउनुभयो । उहााले भन्नुभयो,“ विपद्को बेला तत्काल हवाई उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका हुन् ।”

यसका साथै विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहहरु तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

विपद्बाट घरवार बिहीन हुन सक्ने परिवारहरुको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहहरुले आश्रय स्थल तथा खुल्ला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने त्यस्ता क्षेत्रको पहिचान गरिएको छ ।

मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक्ने सम्भावित क्षतिहरु न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडकहरु अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजारहरु तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजारहरु सञ्चालन गर्नेहरुको फोन नम्बर सहितको सूची जिल्ला आपतकालिन सञ्चालन केन्द्रले राखेको छ ।

विपद्को समयमा परिचालन गर्नका लागि तिनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेका जनाइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्