एसइई परीक्षा बिग्रिएको भन्दै बझाङकी एक विद्यार्थीले गरिन् आत्महत्या - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

एसइई परीक्षा बिग्रिएको भन्दै बझाङकी एक विद्यार्थीले गरिन् आत्महत्या

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१३
  • सुन्नुहोस् 
756   
एसइई परीक्षा बिग्रिएको भन्दै बझाङकी एक विद्यार्थीले गरिन् आत्महत्या

धनगढी । बझाङमा एक विद्यार्थीले (एसइई) परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् । केदारस्यूँ गाउँपालिका–१ की अन्दाजी १६–१७ बर्षकी आकांक्षा मल्लले हिजो एसइई परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको खुलेको छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्ययनरत थिइन । हिजो (मङ्गलवार) अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै उनले यस्तो निर्णय लिएकी खुलेको छ ।स्थानीयका अनुसार छात्राले परीक्षाफलमा असफलताका कारण ठुलो मानसिक तनाव भोगेको र गहिरो निर्णयमा पु¥याएको अनुमान गरिएको छ। बिहान परीक्षा दिएर घरमा आएकी उनी साँझ ५ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:39) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च