समाचार
बगर खेतीबाट आकर्षक आम्दानी गर्दै भारतीय नागरिक

यज्ञराज अवस्थी/धनगढी । बगर खेतीबाट भारतीय नागरिकहरुले आकर्षक आम्दानी गर्न थालेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरी नदी किनारमा बगरमा खेतीबाट आकर्षक आम्दानी गरिरहेका गरिरहेका छन् । छिमेकी मुलुक भारतको उत्तराखण्डका नागरिकहरूले बिगतका वर्षदेखि नै बगर खेतीबाट आम्दानी गरी जीवन निर्वाह गरिरहेको उनीहरुले बताएका छन् ।
विगत ३५ वर्षदेखि १५–१६ परिवार मिलेर संयुक्तरुपमा बिभिन्न नदीको बगरमा खेती गर्ने गरेको भारतीय किसान एहमत नबीले बताए । उनले भने, “हाल कनरी नदी किनारको करिब ३० बिगाह क्षेत्रफलमा बगर खेती गरिरहेको छौ, एक परिवारबाट करिब २ लाख जति लगानी लगाएर खेती सञ्चालन गर्दै आएका छौँ, कहिले राम्रै आम्दानी हुन्छ ,कहिले नदीले खेती बगाउदा नोक्सान पनि हुन्छ । जे होस् जिवन धान्न सकिएको छ ।”
यतीखेर उनीहरुले बगरमा उत्पादन गरेका आलु,टमाटर,लौका,काँक्रो भेन्डी,सिमला, लगायतका तरकारी फलाएर हुलाकी सडक छेउछाउमा बसेर बिक्री गरेर आकर्षक आम्दनी गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्