राजनीति
आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछःओली

बुटवल। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताएका छन् । आगामी निर्वाचन २०८४ पछि एमाले एक्लै बहुमतको सरकार बनाएर जनताको आकांक्षा पूरा गर्ने उनको भनाइ छ ।
एमालेले मिसन २०८४ को अभियान सुरु गरेको बताउँदै उनले भने , “अबको अभियानको उद्देश्य घर–घरमा पार्टी सदस्य बनाउने र संगठन बिस्तार गर्दै एमालेको एक्लैको बहुमतको सरकार बनाउने वातावरण तयार गर्नुपर्छ ।”
एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उदघाटनसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को आम निर्वाचनबाट एमाले एक्लैको बहुमतको सरकार बन्ने दावी गरे । “एमाले साना कुरामा अल्झिएर बाटो विराउने पार्टी होइन, आफ्नो उद्देश्यमा स्पष्ट योजना बनाएर अघि बढ्छ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्