हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिममा वर्षाको सम्भावना,

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२
  • सुन्नुहोस् 
258  
Banner

धनगढी,। देशका केही भूभागमा आज बुधबार वर्षाको सम्भावना छ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको पाइएको छ ।सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ । साथै आज केही क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।महाशाखाका अनुसार आज बिहानेदेखि तराईंका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्